Thursday, March 4

स्यानिटाइजरको बिगबिगी, ‘होसियार नभए ज्यान पनि जान सक्छ’

October 4, 2020 170

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोनाभाइरस महामारी फैलिएपछि नेपालमा पनि कीटाणुनाश गर्ने एक प्रकारको रासायनिक मिश्रण ‘स्यानिटाइजर’ को प्रयोग ह्वात्तै बढेको छ।

तर औषधि व्यवस्था विभागका अनुसार बजारमा विक्री भइरहेका झन्डै ४० प्रतिशत स्यानिटाइजर मापदण्ड नपुगेका र गुणस्तरहीन छन्।

केही स्यानिटाइजरमा मेथनल नामक विषाक्त रसायन मिसाइएकाले त्यसबाट मानिसको स्वास्थ्यमा प्रतिकूल पर्न सक्ने र ज्यान पनि जान सक्ने चेतावनी दिँदै विभागले गुणस्तर निर्क्योल गरेर मात्र स्यानिटाइजर किन्न र प्रयोग गर्न आग्रह गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने झन्डै डेढ दर्जन कम्पनीलाई कारबाही गरिएको र केही अनुसन्धानको क्रममा रहेका छन्।

 

प्रतिकृया दिनुहोस्