Sunday, February 28

बौद्ध इन्टरनेशनल स्कूल जोरपाटीले फि नतिरेको भन्दै बच्चा निकालेपछि अभिभावकले गरे ‘तो’ड’फो’ड (भिडियोसहित)

October 4, 2020 187

काठमाण्डौको गोकर्णेश्वरमा रहेको जोरपाटी स्थिति बौद्ध इन्टरनेशनल स्कूलले लकडाउनको समयमा फि नतिरको भन्दै बच्चालाई स्कूलबाट निकालिदिएपछि अभिभावकहरुले ‘तो’ड’फो’ड गरेका छन् । अभिभावकलाई कुनै खबर नै नगरि बच्चा निकालिएको भन्दै अभिभावकले ‘तो’ड’फो’ड गरेका हुन् ।

अभिभावकको भनाई अनुसार आफुहरुले फि तिर्ने बताए पनि स्कूल प्रशासनले भने आफुहरुको कुरा नै नसुनि एक्कासी स्कूलबाट बच्चा निकालिदिएको बताईएको छ । त्यसरी स्कूलले बच्चा निकालिदिएको हुनाले बच्चासंगसंगै आफुहरुको पनि मानसिक स्थितिमा असर परेको अभिभावकहरुको भनाई छ ।

‘लकडाउनकै कारण फिमा अलिकति कन्सेक्सन गरिदिनु पर्यो भन्दा हाम्रो कुरा नै सुनिएन । तै पनि ठीकै छ हामी तिर्छौं तर थोरै समय कुरिदिनुहोला भन्दा भन्दै हाम्रो बच्चा निकालियो । उहाँहरुको यस्तो गलत निर्णयले हाम्रो बच्चाको मानसिक अवस्थामा चोट पुगेको छ । यस्तो गर्ने अधिकार एउटा स्कूल र प्रशासनलाई कस्ले दियो ?’ अभिभावकहरुले प्रश्न गरे ।

स्कूल प्रशासनले गरेको अभद्र व्यवहारप्रति निकै नै दुःखी भएका अभिभावकहरुले चैत्र महिनादेखि आफुहरुले तिरेको फि पनि फिर्ता माग्दै स्कूलामा कार्यरत तीन जना सरहरुलाई कार्वाहीको माग समेत गरेका छन् । यो समाचारलाई हामीले फेसबुकको भिडियोमा अपलोड भएको आधारमा तयार गरेका हौं । उक्त भिडियोमा अभिभावक र बच्चा अनि बच्चाले पढ्ने कक्षाको नाम खुलाईएको छैन ।

 

प्रतिकृया दिनुहोस्