Thursday, March 4

भोलिदेखि श्रम स्वीकृति लिन सकिने

October 4, 2020 182

काठमाडौं, १८ असोज : वैदेशिक रोजगार कार्यालय ताहाचलले सोमबारदेखि श्रम स्वीकृति दिने भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि सेवा प्रवाह बन्द भएकोमा सोमबारदेखि सेवा सञ्चालन हुने कार्यालयले जनाएको हो ।

कर्मचारीमा कोरोना देखिएकाले कार्यालयले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो । तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ । यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुनपानीले हात धुन अनिवार्य गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्