Sunday, February 28

लकडाउनमा आ’र्थिक सम’स्याका कारण पोखराका तीन जना दोहोरी कलाकारद्वारा आ’त्मह’त्या

October 4, 2020 422

पोखरा, १८ असोज । लकडाउन सुरु भएसँगै पोखराका दोहोरी ब्यवसायमा काम गर्ने ३ जनाले आ’त्मह’त्या गरेका छन् । गत वर्षको चैत ११ गतेदेखि ठ’प्प रहेको दोहोरी ब्यवसाय सञ्चालनमा आउन नसकेपछि पोखराका दोहोरीमा काम गर्ने २ महिला र एक पुरुषले आर्थिक अभावका कारण आ’त्मह’त्या गरेका हुन् । दोहोरी ब्यवसायी संघ कास्कीका अनुसार उनीहरुले आर्थिक अभावकै कारण आ’त्मह’त्या गरेका हुन् । यस विषयमा संघले पटक–पटक स्थानीय प्र’शासनलाई ध्या’नाकर्षण–पत्र समेत बुझाउँदै आएको जनाएको छ ।

सरकारले लकडाउनका कारण सैलुन, ब्ययामशाला, फुटसललगायतका स्थानहरु बन्द गर्न आग्रह गरेपनि सो स्थानहरु पूर्ण रुपमा बन्द नरहेको पाइएको छ ।तर, दोहोरी तथा रात्रीकालीन ब्यवसायहरु सञ्चालन गर्नका लागि मात्र कडाइ गरिनुले दोहोरी तथा रात्रीकालीन ब्यवसाय सञ्चालकहरु मारमा परेका दोहोरी ब्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङ्ग बताउँछन् ।

गुरुङ्गले आज जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन–पत्र बुझाउँदै दोहोरी ब्यवसाय सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । गुरुङले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडललाई ज्ञापन पत्र बुझाएका हुन् ।गुरुङ्गले अझै केही समय दोहोरी ब्यवसाय सञ्चालनमा नआएमा ब्यवसायीहरु बिस्थापित हुने तथा काम गर्ने हजारौंको रोजीरोटी गुम्ने हुँदा सुरक्षाको प्र’बन्ध मिलाएर सञ्चालन गर्न दिन माग गरेका छन् ।

कास्कीमा हाल रात्रीकालीन ब्यवसाय र सिनेमा घर बाहेक अन्य ब्यवसाय खुल्ला रहेका छन् । कास्कीको एक दोहोरीमा काम गर्ने सुनिता नेपालीले गत असारमा आ’त्माह’त्या गरिन् । उनको आ’त्मह’त्या गर्नुको कारण दैनिक आ’यश्रोत नभएको र जीवन धा’न्न नसक्ने रहेको बताइएको छ ।त्यस्तै शुशीला परियारले पनि लकडाउनको समयमा आर्थिक स’मस्याकै कारण आ’त्माह’त्या गर्नुपरेको उनका सहकर्मीहरु बताउँछन् । अर्का एक जना पुरुषले पनि सोही कारण ज्या’न गु’मा’एका छन् ।कास्कीमा हाल २४ वटा दोहोरी रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । ती दोहोरीमा करीब १०५० जनाले काम गर्दै आएका छन् ।न्यूज २४ बाट

प्रतिकृया दिनुहोस्