Saturday, February 27

भर्खरै मकवानपुरको जुरीखेतमा एक सय मिटर तल सुमो खस्यो, कम्तीमा २ जनाको मृत्यु

October 4, 2020 207

हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको भीमफेदी वडा नम्बर– ६ जुरीखेतमा केही बेरअघि यात्रुबाहक जीप सुमो दुर्घटना हुँदा घटीमा २ जनाको ज्यान गएको छ ।

हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना. १ ज ४१०६ नम्बरको सुमो दुर्घटना भएको हो । सुमो भीरबाट करीब १ सय मिटर तल खोल्सामा परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साे दुर्घटनामा गम्भीर घाईते भएकामध्ये उद्धार गरी ४ जनालाई हेटौंडा र १ जना बालकको भीमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

म्याद नाघेका खाद्य वस्तुमा नयाँ मिति थप्दै विक्री गर्नेलाई साधारण तारिखमा छाडियाे !वाणिज्य विभागले म्याद नाघेका खाद्य वस्तुहरुको उपभोग्य मिति आँफै थपेर विक्री वितरण गरेको आरोपमा पक्राउ परेका ७ जनालाई उधारो धरौटी रिहा गरेको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुको सकिएको मितिमा नयाँ मिति राखेर विक्री गरेको आरोपमा बिहीबार कलंकी र बाफलबाट उनीहरु पक्राउ परेका गरेकाे थियाे ।

पक्राउ पर्नेमा सोही बस्तुहरु वितरण गर्ने कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाल, धादिङका राम बहादुर बयलकोटी, झापा चन्द्रगढीकी पुष्पादेवी अग्रवाल, गौरका मुन्ना ठाकुर, सोही स्थानका पप्पु कुमार ठाकुर, महोत्तरीका श्याम प्रसाद सिंह कलंकीका सिताराम उपरकोटी र धादिङका दिलिप थापामगर रहेका छन् ।

प्रहरीले बिहीबार पक्राउ गरेर वाणिज्य विभागलाई जिम्मा दिएपनि उनीहरुलाई साधारण तारिख र उधारो धरौटीमा छुटाइएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुष्पादेवी बिरामी भएकाले धुरुधुरु रोएकाले छाडिएको बताएको छ । आइतबार उनीहरुलाई १ करोड धरौटीमा छुट्नसक्ने निर्णयपछि हिरासत मुक्त गरिएको बाणिज्य विभागले जनाएको छ । तर उनीहरले तोकिएको धरौटी अहिलेसम्म बुझाएका छैनन् ।

 

प्रतिकृया दिनुहोस्