Thursday, March 4

लकडाउनको फूर्सदमा बनाएको यस्तो साइकल, विश्वभरवाट अर्डर आउन थालेपछि बनाउन र बेच्न भ्याइ नभ्याई (भिडियो हेर्नुस्)

October 5, 2020 671

काठमाडौ । तपाईले काठको साइकल देख्नु भएको छरु चढ्ने इच्छा छ ? छ भने अब त्यो इच्छा पूरा हुने भएके छ । एक श्रृजनशील सिकर्मीले लकडाउनको समय सदुयिोग गर्दै काठको साइकल बनाएपछि यसले अहिले सन्सारभरी चर्चा पाएको छ ।

लकडाउनमा उनी फुर्सदमा हुँदा के गरौं के गरौ भएको थियो । ४० बर्षे धनी राम साग्गुले आफ्नो घरको वरिपरि रहेको प्लाईवुड उठाए, एक इलेक्ट्रीक आरा, एक स्प्यानर प्रयोग गर्दै काठले बनेको चक्र बनाउन शुरू गरे। चार महिना भित्र, दुई असफल प्रयास पछि, उसले त्यस चक्रलाई एक आकार दिन सफल भए । अहिले यो काठको साइकलको नामले चर्चित भएको छ र १५ हजार भारुमा बिक्री भइरहेको छ।

द बेटर इन्डिया डट कममा छापिएको समाचार अनुसार, धनीरामले यो कोशिस गर्दा गर्दै बनेको साइकल हो । कोरोना र त्यसपछिको लकडाउनले उनले आफ्नो जीविका गुमाए, यही समय उनको दिमागमा आएको एक् आइडियाले धनीरामको जिन्दगी बदलीदियो ।

भारतको पञ्जाब प्रान्तमा रहेको जिराकपुर गाउँका धनीरामले भने, म सिकर्मी हुँ। सामान्यतया, म झ्याल, ढोका, खाटहरू निर्माण गर्ने अर्डरहरू प्राप्त गर्थें, र कहिलेकाँही म यस क्षेत्रका बासिन्दाहरूको लागि सामान मर्मत गर्दछु । लकडाउनमा म आफूलाई ब्यस्त राख्न चाहन्थें, नयाँ सीप सिक्न, र केहि फरक बनाउन चाहन्थें। घरमा जे उपलब्ध थियो त्यही प्रयोग गर्दा गजवको साइकल पो बन्यो, धनी राम भन्छन्।

औजार वरिपरि भए पछि धनी रामलाई साइकल कसरी बनाउने भनेर बुझ्नलाई गाह्रो भएन, र साइकलको कुन पार्ट्सले कसरी काम गर्दछ, त्यो पनि थाहा थियो । त्यो आत्मविश्वासको साथ, उनले पहिलो कागजको टुक्रामा डिजाइन कोरे । घर वरिपरि रहेको काठ प्रयोग गरेर र पुरानो साइकलनका केही पार्ट्स् निकालेर त्यसलाई काठको बडीमा जोडिदिए । उनको यो कार्य कसैले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिए । अहिले त उनलाई साइकल बनाउन र बेच्न भ्याइ नभ्याई छ ।

प्रतिकृया दिनुहोस्