Thursday, April 22

महानायक विवाद पछि पहिलो पटक अन्तरवार्ता दिँदा यसरी भक्कानिए राजेश हमाल, बोल्नै नसकेर गला रोकियो (भिडियो हेर्नुस्)

July 24, 2020 308

महानकयक पदवीलाई लिएर दिपाश्री निरौलाले टिप्पणी गरेपछि चर्चा सुरु भएको हो । उनले महानायक हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसंग तुलना गर्दै अमिताभ अहिले सम्म काम गरिरहेको तर हमाल भने अहिले फिल्म क्षेत्रमा नभएका कारण उनलाई महानायक भन्न नमिल्ने टिप्पणी गरेकी थिइन् । एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले त्यसो भनेका कारण उनी निकै विवादित बनिन् ।

दर्शकले मायाले दिएको महानायक पदवी माथि प्रश्न उठाएका कारण उनलाई सामाजिक स्तरवाट नै निकै आलोचना भयो । उनी डिप्रेशनमा समेत पुगीन् । धेरै लामो समय सम्म पनि दिपा माथि प्र हार हुन नछोडे पछि महानायक हमालले भिडियो सामग्री सार्वजनिक गर्दै कसैमाथि पनि आलोचनामा नउत्रन आग्रह गरे । उनले दिपाको नाम नलिएरै गल्ती गर्नेलाई माफी दिन आग्रह गरे । उनले आफुमाथि टिप्पणी गर्नेलाई माफि दिन भनेका थिए । तर पनि अझै दिपालाई आलोचना गर्नेको संख्या कमी छैन ।

सामाजिक सञ्जालमा कलाकारहरुले पनि उनको महानाकय पदवी माथि वहस सुरु गरे । कलाकारहरुले दशक सम्म फिल्म क्षेत्रलाई मोड दिन सफल कलाकारलाई महानायक पदवी दिँदा आलोचना गर्न नहुने अभिब्यक्ति दिए । महानाकय हमालले एक छत्र राज गर्दा फिल्म बनाउने निर्देशक र फिल्म निर्माताहरुले महानायक हमालकै कारण अहिले नेपाली चलचित्र यो अवस्था सम्म आइपुगेको र उनकै कारणले हजारौं चलचित्र मजदुर र चलचित्रमा आश्रीतहरुको जिवन चलेको बताएका थिए । आफुमाथि लामो समय चर्चा भएपछि पहिलो पटक टेलिभिजन अन्तरवार्तामा आएका महानायक हमाल निकै भावुक भएका छन् ।

अन्तरवार्ताकारले फिल्म क्षेत्रलाई रोज्नुको कारणवारे प्रश्न गर्दा हमाल एकाएक भावुक बने । उनी केही बेर बोल्नै सकेनन् ।महानाकय हमालको परिवार एक विशिष्ट परिवार भएका कारण बाल्यकाल सामान्य नेपालीको जिवन शैली अनुसार बाँच्न नपाएको तर कलाकारीतामा आएपछि नेपालीको सामान्य जिवनलाई नजिकवाट हेर्ने र चिन्ने मौका पाएकोले आफु निकै भाग्यशाली सम्झेको बताउँदा उनी भक्कानिएका थिए । उनले अन्तरवार्ताका क्रममा आफु प्रति फ्यानले देखाएको माया र समर्पपणको पनि चर्चा गर्दा भावुक बने ।

प्रतिकृया दिनुहोस्