Sunday, February 28

६ यात्रुमा कोरोना पुष्टि भएपछि हङ्कङले नेपाल एयरलाइन्सलाई कारवाही गर्दै १४ दिन उडान रोक्ने

October 7, 2020 186

काठमाडौं : हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयरलाइन्सले २ साता हङकङ तर्फको उडान अनुमति पाउने छैन । नेपाल एयरलाइन्समा यात्रा गरेका ६ जनाको कोरोना भाइरस पुष्टि भएसँगै हङ्कङले कारवाही गरेको हो ।

 

कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपार्ट चाहिन्छ । सोही प्रवधान अनुसार यात्रा गराइएका ६ जनाको हङ्कङ पुगेपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । यता नेपाल एयरलान्स कम्पनीले भने यात्रुको लापरवाहीका कारण यो परिस्थिती सृजना भएको जनाएको छ ।

 

यहाँ पीसीआर नेगेटीभ हुनु र उता गएर पीसीआर पोजेटिभ आउनु यात्रुको कमजोरी भएको नेपाल एयरलाइन्ले बतायो । पीसीआर परिक्षणपछि यात्रु असावधानीका साथ यताउता बजार निस्केको हुनसक्ने एयरलाइन्स कम्पनीको भनाइ छ ।

 

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका यात्रुमा सोमबार कोरोना पुष्टि भएको थियो । अब नेपाल एयरलाइन्सले १७ अक्टोवरबाट मात्रै हङ्कङको उडान भर्न पाउनेछ ।

प्रतिकृया दिनुहोस्