Tuesday, March 2

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड

October 7, 2020 203

काठमाडौं । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई तीन करोडको चेक हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै धुर्मुस सुन्तलीले गरेको कामको प्रशंसा गरे । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले बताए। रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने पौडलको भनाइ छ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस्