Sunday, February 28

खुसीको खबर !! को’रोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने

October 8, 2020 505

को रोना म हामारीका कारण विश्व हैरान भएको छ । तर अहिले एउटा खुसीको खबर सार्वजनिक भएको छ । को रोना भ इरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको नि धन भईरहेको बेलामा भ्याक्सिनका बारेमा खुसीको कुरा सार्वजनिक भएको हो । विश्वमा अझै पनि लाखौँ मानिसहरु यसबाट सं क्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको को रोनाको अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । नेपालमा अहिले संक्रमित हुनेको संख्या उच्च छ । काठमाडौ उपत्यकामा डरलाग्दो तरिकाले सं क्रमितको दर बढेको छ ।

यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरो नाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।

चीनमा को रोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ । जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।

सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’

प्रतिकृया दिनुहोस्