Sunday, August 1

पहिरोले गोरखाको नौलीखोला थुनियो

July 25, 2020 145

साउन १०, २०७७ गोरखा : पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ। धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै जमिन भासिएर खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्‌। गएराती गएको ​पहिरोले खोला पूरै थुनिएको छ। नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय गोरखाले सजगता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्