Saturday, March 6

भारतमा चक्रवात बन्दै, नेपालमा पनि यसको ठुलो असर हुने भन्दै मौसमविद्ले गरे ड’रलाग्दो खुलाशा !

October 9, 2020 957

काठमाडौं : भारत बंगालको खाडीमा चक्रवात विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महा शाखाका माैसमविद् समीर श्रेष्ठका अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको हो।

‘यो चक्रवात बनेर नेपालतिर सर्‍याे भने प्रदेश १ देखि ४ (गण्डकी) सम्मै पानी पार्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले शुक्रबार बिहान भने, ‘त्यसैले अहिले हामी बंगालको खाडीमा बनेको यो सिस्टम अध्ययन गरिरहेका छौं ।’ उनका अनुसार चक्रवात विकास भयाे र त्यसकाे असर नेपालमा पर्‍याे भने यही अक्टोबर ११/१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।

‘तर अहिलेसम्मको अवस्था हेर्दा नेपाललाई त्यति असर नगर्ला कि भन्ने देखिएको छ,’ उनले भने, ‘तर यो (आँधी) जमिनमा ठो’क्किएपछि दिशा परिवर्तन गर्छ, अहिले हामी अध्ययनकै चरणमा छौं।’ मौसमविद् श्रेष्ठका अनुसार अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। ‘हिजो राति पनि उदयपुरमा हावाहुरीसहित वर्षा भएको थियो,’ उनले भने।

मौसमविद्का अनुसार बंगालको खाडीमा रहेको त्यही न्यून चापीय क्षेत्रकै कारण नेपालबाट अझै मनसुन नबाहिरिएको हो। मौसमविद् श्रेष्ठका अनुसार नेपालको पश्चिमी क्षेत्र लगभग प्रदेश ३ को पश्चिमी भागसम्म मनसुन बाहिरिसकेको छ, सुक्खा सुक्खा भइसकेको छ।तर पूर्वी क्षेत्रमा भने अझै मनसुन जारी छ। अझ बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै गएको र चक्रवात बन्ने क्रममा रहेकाले नेपालमा ठूलो वर्षा हुने सम्भावना बढेको हो।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति सेप्टेम्बर २७ हो। तर यसवर्ष यो मितिकै आसपास झन् ठूलो वर्षा भएको थियो। केही वर्षयता मसनसुनको अवधि लम्बिइरहेको छ। मौसमविद् श्रेष्ठका अनुसार नेपालमा सबैभन्दा लामो समय अक्टोबर १९ तारिखसम्म पनि मनसुन बसेको रेकर्ड छ। नेपालखबरवाट

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया दिनुहोस

 

प्रतिकृया दिनुहोस्