October 9, 2020 279
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्च अदालतको अन्तरिम आदेशले दिदैन । उनीविरुद्ध परेको मुद्दामा संवैधानिक इजलाश गठन भएकोले किनारा नलागेसम्म मन्त्री बन्न पाउनेछैनन् । किनारा लाग्दा पनि उनको पक्षमा फैसला हुने छाँटकाँट छैन ।
वामदेव मन्त्री बन्ने सम्भावना कमजोर हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता बालुवाटार डाकेर एक घन्टा छलफल गरेका थिए । छलफलमा मन्त्रीमण्डल पुर्नगठनको विषय थियो । वामदेव अब मन्त्री बन्न नपाउने निश्चित भएपछि तुलसा थापा मन्त्री बन्ने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही तयारी गरेका छन् । अब बन्ने मन्त्रीको सूचीमा तुलसा थापाको पनि नाम छ । वामदेव पत्नी तुलसा समानुपातिकतर्फकी सांसद हुन् ।
प्रतिकृया दिनुहोस्