October 10, 2020 270
धनगढी,२४ असोज-धनगढीमा आज चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान आठ बजेदेखि दिउँसो १२ बजे सम्म लाइन बन्द हुने प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले बताए ।
सुचना जारी गर्दै प्राधिकरणले अत्तरिया १३२ सब–स्टेसनदेखि धनगढी ३३.११ केभी सब–स्टेसन सम्मको ३३ केभी लाइनमा बुस कटिङ गरिने भएकाले सेवा बन्द हुने जनाएको छ । सुदूरडेली
प्रतिकृया दिनुहोस्