Thursday, March 4

ओली-प्रचण्डबीच भा’गबण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन राेकियाे..!

October 11, 2020 141

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भा’गवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पु’नर्गठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रीमण्डल पु’नर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिनहुँजसो छलफल भए पनि सहमति जु’ट्न सकेको छैन ।

मन्त्रीमण्डल पु’नर्गठनको विषयमा दुवै अध्यक्षले आ–आफ्नो अडान कायमै राख्दा सहमति जु’ट्न सकेको छैन ।प्रधानमन्त्री ओली सरकार सञ्चालन गर्न आफँ अनुकँल व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीको निर्णय अनुसार मन्त्री बनाउनुपर्ने अ’डानमा रहनुभएको छ । मन्त्रीमण्डल पु’नर्गठनको विषयमा पात्रको विषय छलफल भए पनि सहमति जु’ट्न नसक्दा थप ज’टिल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले रि’क्त तीन मन्त्रालयमा तीन जना तत्काल थपेर बाँकी मन्त्रीहरु हे’रेफेर गर्ने प्रस्ताव अगाडि सारे पनि अध्यक्ष प्रचण्डले एकसाथ नै मन्त्रीहरु हे’रफेर गर्नुपर्ने अ’डान राख्दै आउनुभएको छ ।

नेकपा सचिवालयका एक सदस्यले दशैंअगाडि मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना न्यून रहेको बताए । उनका अनुसार दुई अध्यक्षबीच शनिबारबाट पार्टी एकताको बाँकी काम टुं’गो लगाउने विषयमा केन्द्रित भएर छलफल शुरु भएको छ ।[][]

प्रतिकृया दिनुहोस्