Monday, March 8

“हिसिला र म जस्ता इन्जिनियरलाई चोरेर आठ कक्षा पास गरेकाले भ्रष्टाचारी भन्ने?”

October 11, 2020 336

काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू र आफ्नी पत्नी माथि बेकार भ्रष्टाचारको आरोप लगाइने गरेको बताएका छन्। केहि दिन अगाडी गृहजिल्ला गोरखा पुगेका बेला भट्टराईले आफू र आफ्नी पत्नी माथि बेकार भ्रष्टाचारको आरोप लगाइने गरेको बताएका हुन्।

प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड जस्ता भ्रष्ट व्यक्तिहरुले आफू माथि भ्रष्टाचारको आरोप लगाउन नसुहाउने उनले बताए।

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’

केहि उपाय नलागेपछि आफूलाई छाडेर हिसिला यमी माथि भ्रष्टाचारको आरोप लगाइने गरेको भट्टराईको भनाई छ। हिसिला सम्पन्न परिवारबाट रहेको हुँदा उनले भ्रष्टाचार गर्नुपर्ने अवस्था नहुने उनले जिकिर गरे।

‘दाइलाई सकिन भाउजीलाई भन्या जस्तो केहि नपाएर हिसिलाको बद्नाम गर्न खोजे’,उनले भने,’हिसला आफैं सम्पन्न परिवारकी मान्छे। सँगै इन्जिनियर, नक्सा कोरेरै पुग्छ। किन भ्रष्टाचार गर्नुपर्यो। चिट चोरेर आठ कक्षा पास गर्नेहरु र १० कक्षामा फेल भएकाहरुले हामीलाई भ्रष्टाचारी भन्ने ?[][]

प्रतिकृया दिनुहोस्