विश्वमा धेरै मानिसलाई ससाना बच्चाहरु निकै मन पर्छ । धेरै जस्ताे समाजिक संजालमा सामाजिक सञ्जालमा निकै सुन्दर र राम्रा बच्चाहरु देख्ने गर्दछन् । कतिपयले निकै ति बच्चाका फोटोमा लाइक र कमेन्ट नगरी स्क्रोल गर्न सक्दैनन् । यस्तै, एक बच्चाका बारे बताउँदै छाैँ, जो यति धेरै सुन्दर देखिएका छन् जो कोहिले उनको तस्वीरलाई लाइक गर्दछन् ।
यहाँ देखिएकाे बच्चाकाे फाेटाे क्याप्चर गर्ने ब्यक्तिकाे नाम हाे ललित दत्तात्रेय लाडगे । यी ब्यक्तिले केराको पत्तामा रहेका ती ।साना बालकको तस्वीर सामाजिक संजालमा शेयर गरेका थिए ।
यी साना बालक दक्षिण भारतीय भेषभूषामा केराको पत्तामा सुतेका छन् । गलामा माला, निधारमा टिका लगाएर मुस्कुराएका ती बालकको तस्वीरलाई धेरैले रुचाएका छन् । उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाइरल बन्यो ।
सोहि बच्चाको अर्को तस्वीर उनै फोटोग्राफर ललितले फेरी शेयर गरेका छन् । रुद्राक्ष मालाको आसनमा सुतेको बच्चाले जनै धारण गरेका छन् । हातमा घण्टी गलामा रुद्राक्ष माला, निधारमा टिका लगाएका बालक ब्राम्हण पोसाकमा देखिन्छन् ।[][]
प्रतिकृया दिनुहोस्