Thursday, February 25

डा गोविन्द केसीले अनसन तोडेपछि आन्दोलनका कार्यक्रम फिर्ता….!

October 11, 2020 120

नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गएराती आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो ।[][]

यो पनि।।:::

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाभाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गर्नु भएको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गर्नु भएको थियो ।

उहाँले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गर्नु भएको थियो । यहीबीच गत जुलाईमा उहाँ स्वयंलाई कोरोना संक्रमण भएको थियो ।

तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ । विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो ।[][]

प्रतिकृया दिनुहोस्