Thursday, March 4

अब सार्वजनिक यातायातका सबै सिटमा यात्रु बोक्न खुला

October 13, 2020 190

केबि महरा/काठमाडौं । सरकारले आगामी दिनमा सार्वजनिक सवारीमासमेत सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको आफ्नै निर्णय उल्टाएको हो ।

यस अघि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत बढि लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

????????????????????????????????????
दशैंमा हुनसक्ने सम्भावित यात्रुको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय लागू गरिएको बताईएको छ ।यो सङ्गै अब सार्वजनिक यातायातमा सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडादर भने पुरानैै कायम गरिने निर्णय भएको छ ।

साथै बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय समेत गरेको छ ।

सरकारले कोभिड-19 को अवस्थालाई मध्येनजर गर्दै आम नागरिकलाई आफू जहाँ छ, त्यही दशैं मनाउन र उपत्यका लगाएत अन्यत्रबाट गाउँ नजान समेत आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस्