Saturday, February 27

खर ‘का’ट्न भीरमा गएका चार महिला सहित दुई जना पुरुषको ‘ल’डे’ र ज्या , न ग , यो

October 13, 2020 266

दार्चुला, २७ असोज । खर ‘का’ट्ने क्रममा भीरबाट ‘ल’डेर ग’म्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा निधन भएको छ । आइतबार बिहान यातायातको पहुँच भन्दा चार घण्टा टाढाको भीरबाट ‘ल’डेर टाउको, शरीर र खुट्टामा ‘चो’ट लागेका धामीलाई अस्पताल पुर्याउन गाउँमा स्टेचर नपाएपछि आफन्तले पिठ्युमा बोकेर दिउँसो रानिशिखर स्वास्थ्य चौकीमा पुर्याएका थिए ।

स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएका घाइते धामीको उपचारकै क्रममा सोमबार निधन भएको हो । समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको शरीरबाट रगत बगिसकेको थियो । गाउँको रानिशिखर स्वास्थ्यचौकीमा बिरामी बोक्ने स्टेचर समेत नपाउदा अस्पताल पुर्याउन झनै ढिलाई भएको मृतकका श्रीमान तारासिह धामीले बताउनुभयो । यतिबेला सुदूरपहाडका महिलाहरु खर ‘का’ट्ने काममा व्यस्त छन् । (फोटो फाईल)

चिसोयाममा गाईभैँसीलाई खुवाउन घाँस तथा स्याउला कम पाइने भएकोले भदौँ देखि कार्तिक महिनासम्म दिनभरी भिर पाखामा चढेर खर गाज्यो ‘का’ट्दै थुप्रो बनाएर राख्ने गरिएको लेकम गाउँपालिका–५ का गीता जोशीले बताउनुभयो । अधिकाशं ठाउँमा पुरुषहरु खेत जोत्ने र महिलाहरु खर काट्ने काम गर्छन् । कुनै कुनै परिवारमा भने महिला र पुरुष मिलेर खर ‘का’ट्ने गर्छन् । छिटो र बढी काट्ने प्रतिस्पर्धा चल्ने भएकोले भिरबाट खस्ने ‘जो’खिम बढी हुन्छ ।

ज्यान ‘जो’खिममा राखेर भिर पाखाबाट खर काट्ने क्रममा बर्सेनि पहाडी जिल्लाका धेरै मानिसले अल्पायुमै ज्यान गुमाउने गरेका छन् । दार्चुलामा मात्रै पछिल्लो दुई महिनामा खर काट्ने क्रममा छ जनाले ज्यान गुमाएका छन् । जसमा चार जना महिला र दुई जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ११ जनाले भीरबाट लडेर ज्यान गुमाएका थिए ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

भीरबाट लडेर निधन भएका अधिकाशंंको जानकारी प्रहरीसम्म पुग्ने गरेको छैन् । भीरबाट लडेर मृत्यु भएका सबैको जानकारी प्रहरीसम्म नपुग्ने भएकोले मृतकको संख्या अझै बढी हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । भौगौलिक विकटता र यातायातको असुविधाका कारण भिरबाट लडेर घाइते भएका मानिसले समेत समयमै उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।

घाँस खेती नगर्दा गाईभैँसीको लागि आहार खोज्न मानिसहरु कठिन भीर चढ्ने गरेका छन् । कतिपय मानिसले खर विक्री गर्नका लागि समेत यो समयमा घाँस संकलन गरेर राख्ने गरेका छन् । भिरमा सुकेको खरभन्दा खेतमा उत्पादन गरेको घाँस बढी पोसिलो हुने भएकोले कृषकहरुलाई घाँस खेती लगाउन प्रोत्साहन गर्नुपर्ने कृषि प्राविधिक राजेशसिह बिष्टको भनाई छ । जिल्लाभर बर्सेनि खर ‘का’ट्दा २० जनाभन्दा बढी महिलाको भीरबाट खसेर ज्यान जाने गरेको प्रहरीको अनुमान रहेको छ ।

 

प्रतिकृया दिनुहोस्