Saturday, March 6

नेपालबिरुद्ध अभिव्यक्ति दिने भारतीय सेनाप्रमुख नरभाने किन आउदैछन् काठमाडाैं ?

October 14, 2020 205

काठमाडौं । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल बिरुद्ध उनले दिएको अभिव्यक्तिपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्