Friday, March 5

महिलाको श’व अस्पतालमै छोडेर हिँडे आफन्त, पाठेघरको शल्यक्रि’या गर्दा ला’पर’वाही गरेको आरोप

October 14, 2020 291

विराटनगर । पाठेघरको शल्यकृ’या गर्न गएकी एक महिलाको चिकित्कसले लापरवाही गर्दा नि’धन भएको भन्दै विराटनगरको नोबेल शिक्षण अस्पतालमा ववाल भएको छ ।आफन्तले श’व बुझ्न अस्विकार गर्दै विरोध गरको छन् । पाठेघरमा टेयुमरको शल्यक्रिया गर्ने क्रममा महिलाको नि’धन भएपछि विवाद उत्पन्न भएको हो । सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको नि’धन पछि अस्पतालमा विवाद भएको छ ।महिलाका आफन्तले चिकित्सकले ला’परवाही गरेको आ’रोप लगाएका छन् । उनीहरुले महिलाको शव अस्पतालमै छोडेर हिडेका छन् । उनीहरुले केहीबेर अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरेका थिए ।तारादेवीका श्रीमान ओम भट्टराईले सोमबार शल्यक्रिया गर्ने समय तय भएपछि पीसीआर परीक्षण गर्दै आइतबार श्रीमतीलाई अस्पताल भर्ना गरिएको बताए । उनका अनुसार सोमबार बिहान ९ बजेतिर शल्यक्रियाका लागि अप्रेशन थिएटरमा लगिएको थियो ।शल्यक्रिया सफल भयो भनेर आफन्तलाई सुनाइएको थियो । तर त्यसको केही बेर पछि र ग त नरोकिएकाले पुनः अर्को पटक पनि शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले बेलुका अप्रेशन थिएटरतिर लिएर गएको महिलाका श्रीमानले बताएका छन् ।

करिब आधा घण्टापछि आत्तिएको अवस्थामा रहेका चिकित्सकले भेन्टिलेटरमा लैजानुपर्ने भयो भन्दै अचेत अवस्थामा अक्सिजनसहित अप्रेशन थिएटरबाट बाहिर निकालेको उनले बताए । त्यसको केही बेरमै चिकित्सकले महिलाको नि’धन भएको भन्दै आफन्तलाई सुनाएका थिए । केही बेर अघि मात्र शल्यक्रिया सफल भएको भनेका चिकित्कसले केही बेरमै महिलाको नि’धन भयो भन्नु चिकित्सककै लापरवाही भएको उनको भनाई छ ।ट्यूमर निकाल्ने वहानामा चिकित्सकले बिरामीको आन्द्रा काटिदिएको आफन्तले आरोप लगाएका छन् । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही नगर्दा सम्म श’व जिम्मा नलिने भन्दै आफन्तहरु अस्पतालवाट हिडेका छन् ।शल्यक्रियामा सहभागी स्त्रीरोग विशेषज्ञ प्रा डा। गेहनाथ बरालले भने महिलाको पाठेघरमा तेस्रो चरणको को क्या न्स र भइसकेको दावी गरेका छन् । सिटी स्क्यान गर्दा पाठेघरमा ट्यूमर देखिए पनि पछि परीक्षणका क्रममा क्या न्स र देखिएको उनको भनाई छ । ट्युमरमा भएको र ग त रसाएर पेट सम्म आएको चिकित्कसले बताएका छन् । ***याे समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रतिकृया दिनुहोस्