Sunday, March 7

माक्सको कट्टु मात्र लगाएर बजार-बजार डुल्दै

October 14, 2020 876

काठमाडौं । कोरोनाका कारण अहिले अधिकांश मुलुकले स्वास्थ्य सावधानी अपनाउँदै आफ्ना नियमित काम गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । चीनवाट सुरु भएको कोरोना ८ महिना यता विश्वव्यापी भएको छ । तर पनि कोरोनाको कहरले छोडेको छैन । अमेरिका, भारत लगायतका मुलुकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । लामो समय लकडाउन गर्न सम्भव नभएका कारण कतिपय मुलुकले स्वास्थ्य सचेतना अपनाउदै नियमित काम गर्न आग्रह गर्दै लकडाउन हटाएका छन् ।

वाहिर निस्कदा माक्स, पञ्जा लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तो बेलामा बेलायतमा भएको एउटा घटनाले सबैको ध्यान तानेको छ । राजधानी लण्डन सहरमा अहिले कोरोनाको प्रभाव तिब्र छ । सरकारले माक्स अनिवार्य गरेको छ । यस्तो अवस्थाका बीच एक जना ब्यक्ति माक्स आफ्नो गोप्य अं’गमा लगाएर शहर निस्केका छ्रन । उनी भिडभाड भएको र महिलाका समुहमा पनि ढुक्कसंग गोप्य अंग छोप्नेगरी माक्स लगाएर हिडेका देखिन्छन् ।

उनी को हुन् र किन यस्तो गरेका हुन् भन्ने खुलेको छैन । तर उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । परिचय समेत नखुलेका पुरुषलाई त्यस्तो अवस्थामा निर्धक्क हिडेको देख्नेहरुले तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेका छन् । माक्सको पेन्टी लगाएर हिडेका ति ब्यक्तिलाई अहिले सम्म प्रहरीले पक्राउ गरेको खबर पनि आएको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्