Thursday, March 4

आजको मौसम पुर्वानुमान कस्तो छ?

October 16, 2020 264

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम-उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया दिनुहोस्