Sunday, February 28

तिब्र गतिको जीप बझाङमा दुर्घटना हुँदा ४ यात्रु घाइते, गम्भिर घाइतेको जहाजबाट गरियो उद्धार

October 16, 2020 289

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भिर बनेको छ । जिल्ला प्रहरी कार्यालय बझागंका अनुसार चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना भएको हो । घाइतमध्ये २१ वर्षीय अग्निराज जोशीको टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका छन् ।

उनलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको छ। त्यस्तै अन्य सामान्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। अन्य घाइते हुनेमा मष्टा ४ का ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नपा ११ का २० वर्षीय भरत जोशी रहेका छन्। उनीहरू ३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्