Sunday, February 28

चारलाख घुससहित प्रहरी हवल्दार दम्पती पक्राउ

October 16, 2020 161

रुपन्देही-ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

प्रहरी हवल्दार शिवचन्द्र सहानी र श्रीमती निर्मला केवटले सेवाग्रहीबाट घुस रकम लिदै गर्दा अख्यितयार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बुटवलले पक्राउ गरेको हो ।

प्रहरी थुनामा रहेका एक आरोपितलाई धरौटी तारिखमा छुटाईदिने भन्दै थुनुवाका आफन्तजनबाट घुस रकम लिँदै गर्दा रुपन्देहीको सियारी गाउँपालिका ७ बाट नियन्त्रणमा लिइएको अख्यितयार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।

थुनुवाका आफन्तजनबाट घुस रकम लिदैछन् भन्ने सुचनाका आधारमा शुक्रबार दिउसो उनीहरुलाई पक्राउ गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रबक्ता भुसालको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्