Monday, March 8

बिरामीको मृत्यु भएपछि अस्पताल तो,डफो, ड, डाक्टरमाथि हा, तपात प्र, यास

October 17, 2020 132

विराटनगर । अस्पतालमा उपचारत बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तो, ड, फो, ड भएको छ। शुक्रबार राति विराटनगरको नोबेल शिक्षण अस्पताल तनावग्रस्त बनेको हो।

विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेल पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि छोराले मोटरसाइकलमा राखेर अस्पताल लगेका थिए । उहाँलाई साँझ ६:३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । आकस्मिक कक्षमा राखेर उपचार गर्दागर्दै साँझ साँढे ७ बजेतिर महिलाको मृत्यु भएको हो।

बिरामीको मृत्युपछि भेला भएका आफन्त, स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरुले नाराबाजी गर्दै तोडफोडमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो ।

उपचारमा चिकित्सकले लापरबाही गरेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्ने व्यवस्था नमिलाइएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका हुन्।

ढुंगामुडा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हा, तपात गर्नै प्रयास गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चा, र्जसमेत गर्नु परेको थियो।

प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था केही साम्य बनेको थियो। प्रहरीले तोडफोड र चिकित्सकमाथि दु, र्व्यवहारको घटनामा संलग्न रहेको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको छ।

 

प्रतिकृया दिनुहोस्