Thursday, March 4

सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल उत्कृष्ट अनुसन्धानकर्ता

October 17, 2020 257

सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल उत्कृष्ट अनुसन्धानकर्ता

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् ।

प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अ, प, रा, धरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो ।

खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घटित विभिन्न घटनाको सूक्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा खटिदै आएका कुशल प्रहरी अधिकृत हुन् ।

प्रतिकृया दिनुहोस्