नेपाल भोकमरीको सूचीमा ७३औं स्थानमा, करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा ( विवरण ) । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।।
सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ ।।
एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।। यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् ।।
सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्त्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।
प्रतिकृया दिनुहोस्