Sunday, February 28

मेलीना राई र अन्जु पन्तको हुबहु आवाज भएकाे सबैलाई चकित पार्ने यि सानीनानीको प्रतिभा हेर्नुहाेस् { भिडियो सहित }

October 17, 2020 353

मेलीना राई र अन्जु पन्तको हुबहु आवाज भएकाे सबैलाई चकित पार्ने यि सानीनानीको प्रतिभा हेर्नुहाेस् { भिडियो सहित } । पछिल्लो समय प्रतिभा प्रस्तुत गर्ने गतिलो साधन युट्युव बनिरहेको बेला मोफसल बाट एक सानि नानिको प्रतिभा बाहिर आएको छ । उनको नाम एन्जल लिम्बु हो । अन्दाजी १०–११ वषको कलिलो उमेरकी एन्जल गीत गाउन अ‍ैधी रुची राख्छीन् ।

एन्जलको स्वरमा चर्चित गायिका मेलीना राई र अन्जु पंन्तको स्वरको मिठास पाईन्छ । उनले सुरुवातमै मेलीना राई र अन्जु पंन्तको गीत गाएकी छिन् । उनले कुराकानीमा भनेकी छिन्, ‘गाउँ घरमा टिभी,रेडियो, मोवाईल सुनेर गीत गाउँन सीकेकी हुँ ।’

याे पनि, देशभरका सडकमा खाल्डा-खुल्डी मात्रै, मर्मतको लागि छुट्याइएको रकम काहाँ जान्छ ! किन खर्च गरिदैन ? देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन ।

सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा छुट्टाएको बजेटमध्ये ६४ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको पाइएको छ ।।रणनीतिक सडक मर्मतको काम सडक विभागले गर्दै आएको छ । गत आवमा विभागको आर्थिक प्रगति ७१ दशमलव ५२ प्रतिशत छ भने नगरपलिकाको २४ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, बोर्डले मर्मतका लागि छुट्ट्याइएको बजेटमध्ये १२ दशमलव ३२ प्रतिशत र स्थानीय पूर्वाधार विभागको १४ दशमलव ६३ प्रतिशत मात्र खर्च भएका छन् ।

सडक विभागलगायत अरु निकायले पनि निर्माणलाई ध्यान दिए पनि मर्मतलाई कम ध्यान दिएकोको बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवलीले बताए ।। उनका अनुसार सडक विभागले अझै पनि विकास पुगेन भन्दै नयाँ निर्माणलाई बढी केन्द्रीत हुँदा मर्मतले कम प्राथमिकता पाएको छ । उनले भने,`सडक मर्मत लक्ष्यानुसार नहुनुमा बजेटभन्दा प्राथमिकतामा कमी हो ।´

नियमित सडक मर्मतसम्भारका लागि सुन्तला रङ्गका लुगा लगाएका व्यक्ति नियमित रुपमा सडकमा खटिनुपर्ने प्राविधिक निर्देशक ज्ञवलीले बताए । `नाला सफा गर्ने र सडकलाई दुरुस्त बनाउने जिम्मेवारी भए पनि राजमार्गमा उनीहरुलाई कम देख्ने गरिएको छ´, उनले भने,`यसको मतलब कार्यान्वयन कम भएको हो ।´

 

प्रतिकृया दिनुहोस्