Wednesday, April 21

दुई युवती खोलाको बीचमा ढुङ्गामा सेल्फी लिन जाँदा अचानक बाढी आएपछि, प्रहरीले बल्ल बल्ल बचायो (भिडियोसहित)

July 25, 2020 370

काठमाण्डौ – फेसबुक, ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा धेरै लाइक्स र कमेन्टस पाउने भोकमा खतरा ठाउँमा सेल्फी खिच्ने धाउन्नमा हुनुहुन्छ भने एक पटक फेरि सोच्नुस् है। किनकी तपाईंको सेल्फी पोस्ट हुन नपाउँदै तपाईंको ज्यान जान सक्छ।

धेरै भन्दा धेरै को जिन्दगी त्यही सेल्फीको चक्करले सकिएको छ। राम्रो सेल्फी लिन खोज्दा विश्वभर पछिल्ला वर्षमा हजारौंले जनाले ज्यान गुमाएका छन्।

दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गए । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो । यो घटना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो । बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सके ।

अग्ला हिमाल, ठूला भवन र तालमा सेल्फी खिच्न खोज्दा धेरैजसो दुर्घटना हुने गरेको छ। सेल्फी लिँदा पानीमा डुब्ने, माथिबाट खस्ने र सवारी दुर्घटनाका कारण धेरैको ज्यान गएको अध्ययनमा देखिएको छ। त्यस्तै जनावर, बिजुली, आगो र बन्दुकका कारणले पनि सेल्फी खिच्दाखिच्दै ज्यान सक्छ। अनुसन्धानकर्ताले धेरै घटनामा सेल्फीलाई मृत्युको कारण नमानिने भएकाले वास्तवमा यो संख्या अझै बढी भएको दाबी गरेका छन्।

‘सेल्फीका कारण हुने धेरै मृत्यु बाहिर आउँदैन तर खास समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ अध्ययनमा भनिएको छ, ‘सेल्फी लिँदा हुने मृत्युको संख्यालाई कम ठानिएको छ। त्यसैले सेल्फीबाट हुने मृत्यु घटाउन उचित हस्तक्षेप गर्नका लागि त्यसबाट हुने वास्तविक क्षति र कारणको मूल्यांकन गर्नु आवश्यक छ।’

प्रतिकृया दिनुहोस्