Tuesday, March 9

यात्रुलाई प्रहरीको आग्रह ‘सवारीले बढी भाडा लिए कल गर्नुहोस्’

October 17, 2020 246

नेपालीहरुको महान चाड दसैं र तिहार नजिकीन्दै गर्दा यात्रुमाथी हुने दु, व्र्य, व, हा, र र बढी भाडा असुली जस्ता क्रियाकलाप न्युनिकरणका लागि ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बर सहितको स्टिकर राख्न थालिएको छ ।जिल्लाका विभिन्न ग्रामिण भेगमा चल्ने र लामो दुरीका सबै सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर समेत ख्याल गर्न र ठगि लगायतका क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न डिएसपी श्रेष्ठले यात्रुलाई आग्रह गरे।जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्ने अभियानको शनिबार विहान ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले उद्घाटन गरे।यात्रुबाट बढि भाडा लिएको, दु, व्र्य, व, हा, र भएको लगायतका गुनासो आउन थाले पछि त्यस्ता सवारी साधनलाई चाँडो पहिचान गरि कारबाहिको दायरामा ल्याउने उद्धेश्यले उक्त अभियान सुरु गरिएको ट्राफिक प्रहरी ईन्चार्ज दिपक दुलालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्