Sunday, February 28

२३ किलो अवैध सुन बरामद गरेपछि एसएसपी गंगा पन्त चर्चामा

October 17, 2020 171

वीरगञ्ज, १ कात्तिक । चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि दरिलो गरी कमाण्ड गर्छन् भनी प्रमाणित गरेकी छिन् । वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अवैध सुन बरामद गर्न भूमिका खेलिन् ।

वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पाटमेन्टबाट विशेष सूचनाको आधारमा सुन बरामद भएको हो । सुन बरामद भएपछि देशव्यापी चर्चा पाएको छ । सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।

पर्सा सरुवा भएपछि गंगा पन्तले कालोबजारी, तस्करी नियन्त्रणमा प्रहरीलाई महत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन् । पन्तले विगतमा इन्स्पेक्टर र डिएसपी भएर इञ्चार्ज चलाएर चर्चा कमाएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्