Saturday, March 6

साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै (भिडियो सहित)

October 18, 2020 278

दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्र’लोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ ।

दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल लिएको खुलेको हो । अजमिल कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी उनले सो रकम आफ्नो नाममा पठाउन लगाएको प्रवासी नेपाली एकता मञ्च साउदीका रामचन्द्र वाग्लेले खबरहबलाई जानकारी दिए ।

पी’डित नेपालीहरुले आफूहरु दूतावासकै कर्मचारीबाट ठ’गिएको भन्दै प्रवासी नेपाली एकता मञ्चमा निवेदन दिएपछि ठ’गी गर्ने कर्मचारीबाट पैसा फिर्ता गराउन सफल भएको वाग्लेले बताए ।

मिश्रले रायमार्फत ९ हजार ४ सय रियाल फिर्ता गरेको र सो रकम ३० जनालाई जनही ३ सय दिएको तथा बाँकी ४ सय रियाल रायलाई नै जिम्मा दिएको उनले बताए ।

मिश्रले साउदीस्थित नेपाली दूतावासको अनुरोधमा आवासीय अनुमतिपत्र (अकामा) नवीकरण नगरेका तथा नबनाइएका नेपालीहरुलाई नि:शुल्क दिने बर्हिगमन भिसाको पैसा लिएको बताएका छन् ।

मिश्रले रायलाई भरि’याका रूपमा प्रयोग गरी नेपालको नम्बर ९८४४२२२६७१ प्रयोग गरि इमोबाट ठ’गी ध’न्दा गरेको हुँदा छा’नवि’न गरि का’रबाही गर्न मञ्चले दूतावासलाई अनुरोध गरेको छ ।

साथै,यो ठ’गीमा को-को संलग्न छन् सबैलाई का’नूनी कार’बाहीको निम्ति मञ्चले माग गरेको छ । कर्मचारीले ग’लत काम गरेको थाहा पाएलगतै यस विषयमा दूतावासले छानविन गरिरहेको जनाएको छ ।

उनीवि’रुद्ध परेका निवेदन समेत छानविनका लागि सम्बन्धित निकायमा पठाइसकिएको दूतावास श्रोतले जनाएको छ । खबरहब डटकम बाट

प्रतिकृया दिनुहोस्