Thursday, March 4

दुःखद खबर; अस्ट्रियामा एक नेपाली महिलाले आफ्नै ३ नाबालक सन्तानको ज्या’न लि’इन्!

October 18, 2020 494

काठमाडौ । अस्ट्रियामा बस्दै आएकी एक नेपाली महिलाले आफ्नै साना ३ सन्तानको ज्या’न लि’एकी छन् । उनक श्रीमान् पनि भियनामा बस्ने गरेका छन् । तर केही समय देखि श्रीमान् श्रीमति अलग्गै बस्ने गरेका थिए ।

श्रीमान् भियनामा बस्न थालेपछि तीन छोराछोरीसंगै बस्दै आएकी एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको ज्या’न लि’एकी हुन् । उनको जेठी छोरीलाई जि’वि’तै फे’ला पारेपछि घटनावारे खु’लेको हो । तर ति छोरीको पनि उपचारको क्रममा नि’धन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती ३१ वर्षीया महिलाले शनिबार बिहान ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको ज्या’न लि’एकी हुन् । घटनाको कारण अहिले सम्म खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

जेठी छोरीलाई अस्पताल लगिए पनि उनलाई पनि चिकित्सकले बचा’उन सकेनन् । ती महिलालाई प’क्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रिया गएको बताइ पनि उनको नाम सार्वजनिक भइसकेको छैन । उनका पति पनि भियनामै बस्छन तर उनीहरूबीच झ ग डा भएकाले अलग बस्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस्