Sunday, February 28

काठमाण्डौ छोड्दै दैनिक २१ हजार यात्रु

October 19, 2020 170

काठमाडौं । दशैंका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै गएको छ ।

विगतका वर्षहरुमा जस्तो काठमाण्डौ छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरुको संख्या भने केही दिनदेखि बढ्न थालेको हो । अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाण्डौ भित्रिएका छन् भने ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन् । हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन् ।

१७ हजार ३ सय जना काठमाण्डौ भित्रिएका छन् । घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए । घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाण्डौ भित्रिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिकृया दिनुहोस्