Friday, March 5

१ करोड ५७ लाख बढीको यार्सा गुम्बासहित १ जना पक्राउ

October 19, 2020 335

खलंगा । दार्चुला प्रहरीले अवैध रुपमा ओसारपसार गर्न लागिएको बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित दार्चुलाबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामा छन् । प्रहरीले उनको साथबाट १७ किलो ५ सय १० ग्राम यार्सा गुम्बा बरामद गरेको छ । बरामद यार्सागुम्बाको बजार मूल्य १ करोड ५७ लाख ५९ हजार हुने आउने प्रहरीको भनाइ छ ।

प्रहरीले लामालाई दार्चुलाको महाकाली नगरपालिका(४ पुलघाटस्थित सडकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्सा गुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्सा गुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्