Friday, March 5

दशैं बन्यो दशा।पेट्रोल पम्पमा भिषण आगलागी।तिन वटा दमकल पनि सकेन आगो निभाउन,पुरा पढ्नुहोस

October 20, 2020 387

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ।ट्याङकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ।अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोस:नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ।

अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ।यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्