बारा । विदेशी विनिमय अपचलन (हुन्डी) कारोबारीले छाडेको हुनसक्ने १२ लाख ३४ हजार बढी रुपैयाँ बारा प्रहरीले बरामद गरेको छ ।
रकम बोक्दै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
सोमबार बिहान बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला सडकमा फालेर फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरको नोट गरी नेपाली रुपैयाँ १२ लाख ३४ हजार ५ सय ९५ फेला परेको हो ।
बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिकृया दिनुहोस्