Saturday, February 27

ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइलल सम्बन्धित धनिलाई बुझायो

October 21, 2020 206

ईटहरी / ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

 

 

विभिन्न स्थानहरुबाट मोबाइल हराएको तथा चोरी भएको भन्ने विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिब १८ लाख ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवायलल सेट फेला पारी सोमबार सम्बन्धीत धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका करिब ३ सय ३४ थान मोबाईल सेटहरु फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्