Monday, March 8

छोटा कपडा लगाउने महिलाहरुलाई का’रवाहीको तयारी !

October 21, 2020 340

अनलाइन अपिल नै सुरु गरिन् । जसका कारण सरकारिय स्तरबाटै छाेटा कपडा बिरूद्ध यस्तो कानुन ल्याउन लागेकाे हाे ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उ’त्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नां’गो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ । सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आ’क्रमण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ ।

महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ । उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा #mybodymychoice नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम रूपमा महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उ’त्तेजक पहिरनमा रोक लगाउने गरेको छ । गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल स’जायँ सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अ’श्लीलता फैलाएको आ’रोप लगाइएको थियो । आइन्दा यस्ता ह’र्कतहरू मान्य नहुने समेत जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

 

प्रतिकृया दिनुहोस्