Saturday, February 27

प्रधानमन्त्री ओलीले ऊर्जामन्त्रीलाई भने, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तत्काल फाइल अघि नबढाउनू

October 22, 2020 329

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै कारण नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ भएको तथ्य खुलेको छ ।

भदौ मसान्तमा प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि त्यसयता सो पद रिक्त छ । तत्काल अन्य व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्दा जनता र मिडियाको तारो बन्नुपर्ने भएकाले प्रधानमन्त्री केपी ओलीले ऊर्जामन्त्री वर्षमान पुनलाई तत्काल कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको स्रोतले बताएको छ ।

अहिले दैनिकजसो झ्याप्प झ्याप्प बत्ती जान थालेपछि जनस्तरमा कुलमानलाई पुनः नियुक्ति गर्न दबाब बढेको छ । तर, हाइड्रो माफिया दीपक भट्टले कुलमानलाई पुनः नियुक्ति नगर्न नेकपाका शीर्ष नेतालाई दबाब दिइरहेकाले अरुले नै मौका पाउने देखिएको छ ।

स्रोतका अनुसार प्राधिकरणमा कार्यरत ११औं तहका हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक बन्न प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यमार्फत बलियो लबिङ गरिरहेका छन् । त्यसैले दशैंतिहारपछि मात्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने सरकारको तयारी छ ।

 

प्रतिकृया दिनुहोस्