Friday, March 5

कोरोना भाइरस वि’रुद्धको खोप दिइएका एक व्यक्तिको मृ’त्यु

October 22, 2020 242

ब्राजिलमा कोरोनाभाइरस वि’रुद्धको खोप दिइएका एक व्यक्तिको मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृ’त्यु भएको जनाएको छ ।

तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ । तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ ।

खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृ’त्यु भइसकेको छ । – रासस/एएनआई

यो पनि पढ्नुस्

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अबको १० वर्षमा नीजि (संस्थागत) विद्यालय बन्द हुने बताएका छन् । वडा नम्बर ६, गड्गडेस्थित चुनादेवी माविको नयाँ निर्माण हुने भवनको बुधबार शिलान्यास गर्दै उनले भने, ‘मैले नीजि विद्यालयका सञ्चालकहरु समक्ष भनेको छु अब दश वर्षमा तपाईको स्कुल बन्द हुन्छ ।’

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न, विद्यार्थी संख्या बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले क्रमशः विद्यार्थी नीजि विद्यालय छाडेर सामुदायिकमा आउने नगरप्रमुख मिश्रको विश्वास छ । गुणस्तर बनेको अग्लो र ठुलो भवन हैन भन्दै मिश्रले त्यसका लागि सञ्चालक समिति, प्रअ, शिक्षक, अभिभावक सबै एकसाथ मिलेर सामुदायिक विद्यालय राम्रो बनाउन लाग्नुपर्ने उनको भनाई छ ।

‘चाँगुनारायणमा छोरीहरुले स्कुल जान नछोडुन् भनेर ‘छोरीको बचत खाता’ कार्यक्रम सुरु गरिएको छ’ नगरप्रमुख मिश्रले भने । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सन्ते वाइवा, व्यवस्थापन समितिका विष्णु तामाङ्ग, विद्यालयकी प्रधानाध्यापक नानुमैयाँ गिरीलगायतले सबैले मिलेर नै सामुदायिक विद्यालयलाई आर्कषक बनाउन लाग्नु पर्ने बताएका छन् ।

उक्त नयाँ निमार्ण हुने भवनका लागि नेपाल सरकारको १७.६ प्रतिशत, वैदेशिक ऋण ७४.९ प्रतिशत र वैदेशिक सहायता ७.५ प्रतिशत रकम लगानि हुनेछ । मूल्य अभिबृद्धि करबाहेक ३ करोड १८ लाख ४१ हजार ६ सय ७४ रुपैयाँमा २ तल्ले ९ कोठाको भवन निर्माण हुने जानकारी विद्यालयले दिएको छ ।

शर्मा–खानी जेभीले निर्माणको जिम्मेवारी पाएको उक्त भवन २०७८ साल माघ २६ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्