Friday, April 23

रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न आदेश !

February 10, 2021 324

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन्
आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेकी थिइन् । राष्ट्रपतिको आलोचना गर्दै उनले भनेकी छिन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।’

‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’
उनको सो बोलीबारे राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । भण्डारीको असन्तुष्टि मेटाउन झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । उनलाई पक्राउ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने–‘झाँक्रीलाई पक्राउ गर्न गृहसचिव ज्यूले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिनुभएको छ ।’

प्रतिकृया दिनुहोस्