Wednesday, April 21

खुसीको खबर पल्सर १५० को मूल्य घट्यो !

February 11, 2021 15764

काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य भने २ हजार रुपैयाँले घटाएको छ नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो स्रोतका अनुसार भारतबाट आयात गर्दा नै हरेक पटक मूल्य बढेर आउने समस्याका कारण नेपालमा पनि मूल्य समायोजन गर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा स्टीलको मूल्य वृद्धिसँगै मोटरसाइकलको मूल्य अचाक्ली वृद्धि हुँदै आएको छ यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर विक्री वितरण सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्