Friday, April 23

पक्राउ पूर्जी बिना प्रहरी कार्यालय नजाने रामकुमारी झाँक्रीको अडान

February 11, 2021 207

काठमाडौँ/नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जीविना प्रहरीकोमा नजाने अडान लिएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएकोमा उनले पक्राउ पूर्जीविना नजाने अडान लिएकी हुन् ।

‘राजनीतिक मुद्दाका साथ सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् अनि मात्र जान्छु भनेको छु ।’महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि झाँक्रीलाई लिन प्रहरी पठाएको सूचना सार्वजनिक भएलगत्तै उनको निवासमा कार्यकर्ताको भीड लागेको छ ।

 

महानगरीय अपराध महाशाखाको सादा पोशाकको प्रहरी टोली पक्राउका लागि उनको निवासमा पुगेपछि सर्मथकहरु‍ले अहिले पनि शंखमुलस्थित उनको निवासमा सरकारविरोधी नारा लगाएका छन् ।गोरखाको एक कार्यक्रममा नेकपा दाहाल( नेपाल पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्। त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

बुधबार काठमाडौँमा भएको दाहाल-नेपाल समूहको कार्यक्रममा पनि उनले राष्ट्रपति भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्