Wednesday, April 21

नदीमा डुविरहेको देखेपछि बोटमा रहेका हवल्दारले नदीमा हामफालेर यसरी बचाए

February 11, 2021 1272

काठमाडौ । बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक सप्तकोशी नदीमा बगेका ६० वर्षे भुवन घिमिरेको उद्धार गरिएको छ । नदीमा बगेमा उनलाई सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका हुन् ।

सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।

सुनसरीको हरिनगर गाउँपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उ द्धार गरेका हुन । उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको बताइएको छ ।

शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकु शल बाहिर निकाल्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस्