Friday, April 23

रामकुमारी झाँक्री रिहा, प्रहरीले जिम्मा लिनुस् भन्दा प्रचण्ड-नेपालले रामकुमारीको जिम्मा लिन मानेनन्

February 11, 2021 405

रामकुमारी झाँक्री रिहा, प्रहरीले जिम्मा लिनुस् भन्दा प्रचण्ड-नेपालले रामकुमारीको जिम्मा लिन मानेनन्

काठमाडौं । आन्दोलनरत नेकपाको प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले विहिवार उनकै निवासवाट पक्राउ गरेको थियो । राष्ट्रपतिलाई लक्षित गरेर उनले दिएको अभिब्यक्तिका कारण उनलाई पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी महाशाखाले बिहीबार नै रिहा गरेको हो ।

बिहान उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकी नेकपा नेतृ रामकुमार झाँक्रीलाई जिम्मा लिन प्रहरीले नेकपा नेताहरुसँग आग्रह गर्दा नेतृत्वले जिम्मा लिन मानेन । प्रहरीले जिम्मा लिन आग्रह गर्दा नेकपा नेताहरु कसैले पनि जिम्मा लिन नसक्ने बताए ।

नेताको यस्तो जवाफ पछि अपराध महाशाखाका प्रमुख दीपक थापाले घरमै लगेर छाडिदिने चेतावनी दिएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । झाँक्रीलाई भेट्न पुगेका पाण्डेले बाहिरिँदै पत्रकारहरुसँग कुरा गर्दै के कारणले पक्राउ गरेको हो र अहिले किन जिम्मा लिने ? भनि प्रहरीलाई जवाफ दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्