Wednesday, April 21

विना सर्त प्रहरीले रिहा गरेपछि रामकुमारी झाँक्रीले प्रहरी परिसरमै भनिन्, ‘मलाई कुनै पश्चाताप छैन, अझै बोलिरहन्छु’

February 11, 2021 275

काठमाडौं । प्रहरी हिरासतवाट निस्किएपछि नेकपा प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रवृत्तिका विरुद्ध बोल्न नछोड्ने बताएकी छन् । प्रहरीले रिहा गरेलगत्तै प्रहरी परिसरमै पत्रकारहरुसंग कुरा गर्दै उनले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन्, व्यक्तिको आचरणविरुद्ध बोलेको हो । बोलिहरन्छु । मलाई कुनै पश्चाताप छैन । आन्दोलनरत नेकपाको प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले विहिवार विना सर्त रिहा गरेको हो । राष्ट्रपतिलाई लक्षित गरेर उनले दिएको अभिब्यक्तिका कारण उनलाई पक्राउ गरेको थियो ।

बिहान उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्