Wednesday, April 21

कल्पना दाहाल र अलिफ खान बिचको यो एकदमै रमाइलो टिकटक (हेर्नुस् भिडियो)

February 12, 2021 1107

मुस्लिम गायक अलिफ खान जो अहिले पछिल्लो समय आफ्नो सफलतको शिखरमा छन् उता कल्पना दाहाल पनि नौलो नाम भने हैन ।कलपना दाहाल जो इन्द्रेणीमा आफ्नो गायन प्रस्फुटन गर्दै आएकि छिन र उनको नाम जनस्थरमा कानकानमा फैलियो जब रमेश प्रसाईं र उनको प्रेम प्रसङ्गले निकै नै ठाउँ पायो ।अलिफ आफ्नो गायन प्रस्तुत गर्न भन्दै इन्द्रेणीसम्म पुगेका थिए त्यहि इन्द्रेणी कार्यक्रममा अलिफ र कल्पनाले यस्तो रमाइलो गर्दै टिकटक बनाएका हुन् ।

हेर्नुस् अलिफ र कल्पना दाहालबिचको यो रमाइलो टिकटक भिडियो :

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रेणिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे ।

कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित छ। अलिफको अपार सफलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रेकर्ड भैसकेको छ ।आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाचगान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् ।

साचै नै कति नौलो छ मुस्लिम समुदायबाट आएका अलिफ जोसग गला त थियो तर स्टेज थिएन रहर त थियो तर धर्मले दिएन् आज त्यहि अलिफ स्वदेश एवम् बिदेशबाट समेत हेरिदैछ चिनिदैछ तसर्थ अलिफ एक प्रेरणाका स्रोत भएको कुरो कसैले नकार्न सक्दैन त्यति मात्रै हैन कला र गलालाई धर्मले रोक्न नसक्ने समेत उनले प्रस्ट्याएका छन् ।अलिफको उच्चतम यात्राको शुभकामना।

प्रतिकृया दिनुहोस्